१० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 05 | 03:50 pm 2357

ललितपुर, भदौ २० : ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले छोरी बलात्कार गरेको आरोपमा बुबालाई मंगलबार पक्राउ गरेको हो ।

प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।

प्रहरी परिसर, ललितपुरका एक अधिकारीले पीडित बालिका १० वर्षीया भएको बताउँदै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.