१० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माग आफैंमा जायज छैन -मुख्यमन्त्री पौडेल

रिपोर्ट नेपाल | 2018 Jul 20 | 07:29 pm 3470

बिहान उठ्दा सकारात्मक खबर सुन्न र पढ्न पाइन्दैन, कहाँबाट यस्तो भइरहेको छ -मुख्यमन्त्री पौडेल

हेटौंडा, असार ४ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग आफैँमा जायज नभएको बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघको ३ नं प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अनशनरत डा. गोविन्द केसीलाई लक्षित गरी सडकमा सुतेर सरकार हल्लाउने काम भइरहेको आरोप लगाएका छन् । उनले सरकारले गरेका राम्रा काम मिडियाले नदेखेको समेत बताए । उनले भने- ‘एउटा मान्छे सडकमा सुत्छ, सरकार र सभालाई हलाउँछ र मिडिया पनि त्यसैको पछि लाग्छ। मिडियाले सरकारले गरेका राम्रा काम देख्दै देखेन ।’ बिहान उठ्दा सकारात्मक खबर सुन्न र पढ्न नपाएको भन्दै उनले कहाँबाट यस्तो भइरहेको छ भन्ने खोज्नुपर्ने बेला आएको बताए ।

१० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने माग आफैँमा जायज नभएको भन्दै उनले विदेशी विद्यार्थीबाट आउने पैसा गुम्ने र पढ्नकै लागि विदेश जाने नेपालीको कारण रकम बाहिरिने तर्क गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.