१० किलो गाँजा सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Feb 15 | 02:54 pm 1577

सर्लाही, फागुन ३ः अवैध लागूऔषाध गाँजा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सर्लाही कौडेना गाउँपालिका २ का २४ वर्षीय बिकास राउत रहेका छन् ।

उनलाई बिष्णु गाउँपालिका२ स्थित नदिया पकडी जाने बाटोमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको BR30W5464 नं.को मोटरसाइकलको पछाडी सेतो बोराभित्र लुकाई-छिपाई गरी लादै गरेको १० किलो गाँजा सहित र मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई, थप अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.