करोडाै‌को सडक निर्माणमा गुणस्तरहीन साम्रागीको प्रयोग

रिपोर्ट नेपाल | 2019 Mar 15 | 06:50 pm 2633

  • तिलाचन पाण्डे

गुल्मी, चैत्र १ गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट देखि फोक्सीङसम्म जोडने सडक निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोगमा आएको खुलेको छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख सहितको टोलीले अनुगमनका क्रममा गुणस्तरहिन साम्रगीको प्रयोग भएको पाइएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । पराजुलीका अनुसार सडक निर्माणमा कमेरो माटो मिसिएको मापदण्ड भन्दा फरकको गिटी र गुणस्तरहीन साम्रगीहरु प्रयोग भएको र निर्माण भएको नाली पनि गुणस्तरीय नभएको भन्दै निर्माणमा लापरवाही भएको बताए ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण आयोजना कार्यन्वय इकाई गुल्मीबाट १० करोड ८३ लाखमा १२.५ किलोमिटर सडक निर्माण गर्ने गरी सिहं एण्ड ब्रदर्श तुल्सीभक्त्त पीआर जेभी बालकुमारी ललितपुर संग २०७५ बैशाख २८ गते सम्झौता भई २०७६ साउन २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको कार्यलयले जनाएको छ ।

कार्यलयका इन्जीनियर पारस पन्थीका अनुसार निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोग गर्न नहुने भन्दै त्यसको बारेमा अनुसन्धान र फिल्डमा प्रयोगभएको साम्रगी हेरी आवश्यक कारवाही गरेरै छाड्ने दाबी गरे । निर्माणमा लापरबाही गर्ने र गुणस्तरहिन साम्रगीको प्रयोग गर्ने कसैलाई अधिकार नभएको भन्दै निर्माण कार्य रोक्न समेत सकिने बताए ।

यता सो निर्माणको जिम्मा पाएका आधिकारीक व्यात्ति गगन केशीले भने निर्माणमा गुणस्तरहिन कार्य गर्ने हाम्रो नियत नभएको भन्दै यदि कहि कतै नियतबस नभई कार्य गर्ने क्रममा कहि कतै गल्ती भएको पाईएमा सुधार गर्दै लैजाने बताए । केशीले निर्माण भएको सडकमा स्थानीयहरुलाई पनि निगरानी राख्न आग्रह समेत गरेका छन् ।

यदि यसरी गुनासो आईराखेको सन्र्दभमा आफूलाई पनि दुःख लागेको भन्दै आगामी दिनहरुमा यस्ता गल्तीहरु नगर्ने प्रतिबद्धता पनि व्याक्त गरे ।

यता कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले पालिका भित्र निर्माण हुने कार्यहरुमा गुणस्तरहीन कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्य तथ्य बुझी आवश्यक कारबाही गर्ने दाबी गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.