बाजुरा, पुस १५ : जिल्ला प्रहरी कार्यालय बाजुराले करिब १०५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बडिमालिका नगरपालिकाको वडा न. ८ र ९ मा लुकाइछिपाई बिक्री गर्न ठिक पारिएको अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
सदरमुकाम आसपासका क्षेत्रमा रहेको होटेल तथा पसलहरूमा चेकजाँच गर्दा १०५ लिटर अवैध घरेलु मदिरा नेपाल प्रहरी फेला पारेका थिए । उक्त मदिरा स्थानीय भद्र भलादमी, बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधिको सहभागीमा आज नष्ट गरिएको हो ।