बारा, माघ १३ : लुकाइछिपाई ल्याएको ठूलो संख्यामा लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका वडा नम्बर–३ जमुनियाका पवन कुमार यादव र नाम परिवर्तित ए रहेका छन् ।

उनीहरुलाई महागढीमाई नगरपालिका वडा नम्बर–८ धर्मचोकबाट तालुक संघिय प्रहरी ईकाई कार्यालय जनकपुर र बरियापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरिएको छ ।
बिआर २२ एम ९५३४ नम्बरको मोटरसाइकल चेक गर्दा ONEREX(Codeine Phosphate) १०० ML नामक १०० बोतल लागूऔषध फेला परी पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।