काठमाडौं, भदाै ११: बिहीबार नेपालमा १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्गर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।