हेलिकप्टरबाट तीन मतदान केन्द्रको मतपेटिका ढुवानी

| 2022 Nov 21 | 04:34 pm 2541

सङ्खुवासभा, कातिक ५ः जिल्लाको भोटखोला गाउँपालिकाको ३ मतदान केन्द्रको मतपेटिका हेलीकप्टरबाट ल्याइएको छ । भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाकको मतदान केन्द्रको मतपेटीका सोमबार हेलिकप्टरबाट खाँदबारी ल्याइएको हो ।

पैदल मार्गबाट मतपेटिका ल्याउन ढिलो हुने भएकोले नेपाली सेनाको हेलिकप्टरबाट मपेटिका ल्याइएको जिल्ला प्रहरी प्रमुख डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए । पैदल मार्गबाट ल्याउन सुरक्षा चुनौती समेत रहेकोले नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याईएको उनले बताए । तीन मतदान केन्द्रहरु सदरमुकामबाट कम्तीमा ४ दिनको दुरीमा छ ।

सोमबार राती १२ सम्म सम्ममा सबै मतपेटीका मतगणा स्थलमा आइपुग्ने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए । जिल्लाको दश पालिका मध्ये भोटखोला गाउँपालिकाको मतपेटिका आईनपुगेको गौतमले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.