मकवानपुर, साउन ७ हेटौडाको चुरियामाई नजिकै दुई सवारी एक आपसमा ठाेक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराबाट हेटौडातर्फ आइरहेको भारतीय नम्बरको ट्रकसँग एक मोटरसाइकल, एक अटो र एक टाटा सुमो ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा परी पाँच जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
एमएल०१बि ८०३१ नम्बरको भारतीय ट्रकले नम्बर खुल्न नसकेको तीन सवारीलाई ठक्कर दिएको एसपी सिंहको भनाई छ । दुर्घटनामा परी ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकाररी दिए ।