हेटौंडामा कारको डिक्कीबाट ८५ किलो गाँजा बरामद

रिपोर्ट नेपाल | 2019 Jul 08 | 04:36 pm 1488

हेटौंडा, असार २३ : कारको डिक्कीमा राखेको ८५ किलो गाँजासहित मकवानपुर प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाकाे आधारमा प्रहरीले पूर्व पश्चिम राजमार्गको थानाभर्‍याङमा बा १२ प ८५५६ नम्बरको कारलाई रोकेर जाँच गर्दा डिक्कीमा लुकाई राखेको ८५ किलो ६ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले कार चालक मकवानपुर कैलाश गाउँपालिका ७ स्थाई घर भई चितवनको इच्छाकामना गाउँपालिका बस्दै आएका ३० वर्षीय गणेश थापालाई पक्राउ गरेको छ । डिक्की भित्र ६ वटा पोकामा गाँजा राखेको अवस्थामा फेला परेको सिंहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.