मकवानपुर, साउन ३१: पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवरपानी नजिकै यात्रुवाहक रात्री बस दुर्घटना हुँदा भएको छ । भने अन्य १५ जना घाइते भएका छन्।
दुर्घटनामा परी मुत्यु हुनेमा सर्लाही रामपुर वोरहवा गाउँपालिका–५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरीले जानकारी दिए। शर्माको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।
ना५ख २२३३ नम्बरको यात्रुबाहक बस काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गर्दा शुक्रबार बिहान २ः३० बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जनाए ।
उक्त दुर्घटनामा घाइते १५ जना मध्ये ८ जनाको अवस्था सामान्य रहेको र ४ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ । अन्य ३ जनाको हेटौंडामा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।