हेटौँडालाई स्थायी राजधानी बनाउन माग

रिपोर्ट नेपाल | 2018 Nov 08 | 08:15 am 1718

हेटौडा, कार्तिक २२ -उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ। हेटौंडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौंडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्ने बताए। उनले हेटौंडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको बताए।

प्राध्यापक रामविलाश यादवले हेटौंडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राखे।व्यवसायी रामप्रसाद घिमिरेले हेटौंडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.