हेटाैडामा लिंग काटेका हुमागाइँको भरतपुरमा उपचार हुँदै

| 2023 Aug 17 | 10:55 am 307353

मकवानपुर, साउन ३२ । हेटाैडा बसपार्कमा रहेको फूलवारी होटल एण्ड लजको रुम नं. १ मा बसेका नविन हुमागाइँले आफ्नै लिंग काटेर घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा बसेका २२ वर्षीय हुमागाइँले आफ्नो  संवेदनशील अंग काटेर आफै हेटाैडा अस्पतालमा पुगेका थिए ।

मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँको हेटाैडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

हुमागाइँले आफैँले संवेदनशील अंग काटेको बताए पनि किन त्यस्तो हर्कत गरे त्यो बारे भने  कारण खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.