हृदयघातका कारण प्रजातान्त्रिक योद्धा फुलगेन यादवको निधन

रिपोर्ट नेपाल | 2018 Nov 01 | 08:57 am 2272

बर्दिवास, कार्तिक १५ : महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा बुधबार राति निधन भएको छ।

राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए। यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध रहेका थिए।

यादव १५÷१६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए। लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गर्नुभएको छ । यादव पञ्चायतकालमा पटक–पटक जेल पर्नुभएको थियो । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.