हुस्सु र शितलहरले तराईको जनजीवन प्रभावित

रिपोर्ट नेपाल | 2022 Dec 29 | 08:08 am 2133

महोत्तरी, पुस १४ः हुस्सु र शितलहरले तराईको जनजीवन प्रभावित बन्दै गएको छ। हुस्सुसँगै चिसो बढेपछि अतिविपन्न, दलित, मजदुर, किसान समस्यामा परेका छन्।  चिसोको असर विद्यालय जानुपर्ने कम उमेरका विद्यार्थीलाई पनि परेको छ।

चिसो मौसममा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त भएकालाई ख्याल गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए। उनले भने, ‘यस्ता व्यक्तिहरुलाई अत्याधिक चिसोसँग सामना गर्न गाह्रो पर्छ। उनीहरुलाई विशेष ख्याल गरौ अनि झोलिलो तथा ताता खानेकुरा प्रशस्त मात्रामा दिऔं।’

एक्कासी बढेको चिसोबाट नागरिकलाई जोगाउन जिल्लाका हरेक स्थानीय सरकारलाई आवश्यक कदम चाल्न निर्देशन दिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। विपद व्यवस्थापन समितिको बैठकले स्थानीय पालिकाले जिल्ला वन कार्यालयबाट सहुलियत दरमा काठ दाउरा खरिद गरी वितरण गर्न र नागरिकलाई चिसोबाट जोगाउने निर्णय गरेको उनले बताए। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.