हुस्सुले धनगढी–काठमाण्डौं उडान प्रभावित

| 2022 Nov 12 | 08:02 am 1653

धनगढी, कात्तिक २६ः धनगढी–काठमाण्डौं र काडमाण्डौं–धनगढी उडान प्रभावित भएको छ। शनिबार बिहानदेखि हुस्सु लागेकाले उडान प्रभावित भएका हुन्।

शुक्रबार बिहान र शनिबार बिहान हुस्सुका कारण उडान प्रभावित भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

हुस्सुका कारण भिजिबिलिटि नभएपनि उडान प्रभावित भएको उनले बताए। धनगढी विमानस्थलमा कम भिजिबिलिटिमा उडान गर्नका लागि भिओआरडिएइ उपकरण जडान गरिएको छ। तर, उक्त उपकरणको परिक्षण नभएकाले प्रयोगमा आएको छैन।

ठुला जहाजहरुलाई कम्तीमा एक हजार ६ सय मिटरको भिजिबिलिटि आवस्यक हुने भट्टको भनाइ छ। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.