हुलाकी सडक आयोजनामा डोजरले किच्दा सुपरभाइजरको मृत्यु

| 2022 Mar 22 | 05:02 pm 1765

कपिलवस्तु, चैत ८ः कपिलवस्तुकाे महाराजगंज नगरपालिका–२ गैडाहाव स्थित हुलाकी सडक आयोजनामा डोजरले किच्दा सुपरभाइजरको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका ४ पण्डित डिहवाका ३५ वर्षीय बसन्त कुमार यादव रहेका छन् ।

ग २ क ४३३९ नं को डोजरले हुलाकी सडक पिच गर्ने क्रममा पिटिआर मेशिन (पिच दवाउने) ले  रोड दवाउने क्रममा किच्दा उनी गम्भिर घाइते भएका थिए।

गम्भिर घाइते उनकाे कपिलवस्तु अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए। उक्त सडक निर्माणको जिम्मा जिम्मा शर्मा एण्ड शर्मा कम्पनीले लिएको छ।

मृतकको शव कपिलबस्तु अस्पताल तौलिहवामा राखिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए। चालक र मेशिन प्रहरीको नियन्त्रणमा छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.