हुम्ला, पुस २ः लामो समयको अन्तरालपछि अघिल्लो सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ।
यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३०० रुपैयाँ कायम गरेको छ। नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए।
यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९ सय रुपैयाँ भाडादर रहेको उनले जानकारी दिए। नेपाल एयरलाइन्सले हुम्लामा साताको एक दिन सोमबार उडान भर्दै आएको छ।