-
शिवमणी भण्डारी
काठमाडौं, माघ १८ : पटकपटक फूट्दै र जुट्दै गरेको पूर्वपंचहरुको पार्टी शुक्रबार फेरि जुट्ने भएको छ । पशुपती शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको दुई छुट्टाछुट्टै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच काठमाडौंको राष्ट्रिय सभामा एकीकरण घोषणा सभा हुँदैछ ।

संवैधानीक राजसंस्था र हिन्दु राष्ट्रलाई मुल सिद्धान्त बनाएका राणा र लोहनी आगामी महाधिवेशनसम्म अध्यक्ष रहने छन् । चुनाव चिन्ह हलो राख्ने सहमति गरेका दुई पार्टीको सभागृहमा हुन लागेको एकता सभामा देशभरबाट नेता कार्यकर्ता आएका छन् ।

काठमाडौंका विभिन्न स्थानबाट बाजागाजा सहित आएका कार्यकर्ताका कारण सभागृहको हल खचाखच भरिएर थुप्रै कार्यकर्ता बाहिर बस्न बाध्य छन् । अध्यक्षद्वय पशुपती शमशेर राणा र डा लोहनी सभागृह आएपछि एकता घोषणा हुने नेता किरण गिरीले बताए ।

