हुण्डीको कारोबार गर्ने एक भारतीय नागरिकसहित दुई जना पक्राउ

| 2022 Oct 19 | 07:09 pm 1105

काठमाडौं, कात्तिक २ः हुण्डीको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हरियाणा प्रदेश हिसार घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्को बस्ने वर्ष ३७ का नविन गोयल र कपिलवस्तु कृष्णनगर नगरपालिका घर भई हाल ललितपुर नख्खु भैसेपाटी बस्ने ४५ वर्षीय उमश महेश्वरी रहेका छन् ।

काठमाडौं महानगरपालिका १७ ढल्को चोकमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश निर्देश विपरीत हुने गरी इजाजत नलिई वित्तिय कारोबार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो ।

भारत घर भई हाल ढल्को बस्ने बालचन्द्र सारवगीको फल्याटमा उनीहरुले हुण्डी गर्ने प्रयोजनका लागि संकलन गरेको नगद ४१ लाख ९६ हजार प्रहरीले बरामद गर्नुका साथै काराेबारीलाइ पक्राउ गरी तत्काल नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९८ बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद कोइरालाले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.