हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कलवार पक्राउ

| 2022 Jun 06 | 08:29 pm 1613

काठमाडौं, जेठ २३ः हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका- ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

ज्यान मार्ने उद्योग मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने बर्दिया गुलरिया नगरपालिका-६ घर भएका ३६ वर्षीय कपिल भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर हाईट सडकमा काठमाडौं मैतिदेवी बस्ने अछाम मंगलसेन नगरपालिका-३ घर भएका ३३ वर्षीय कमान सिंह बोगटीलाई २०७८ फागुन २५ गते बिहान कपिल भण्डारी समेतले पूर्व रिसिबिका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । सुनसरी धरान उपमहानगरपालिकाको ‍एरियामा कपिल लुकिछिपि बसिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.