बारा, वैशाख १ निर्माण व्यवसायिले ठेक्का लिएका विकास योजना समयमा पूरा नगरेको उदाहरण त सयौं संख्यामा छन् तर प्राधिकरणको विद्युत चोरी गरेर आफ्नो काम गर्छन भन्ने सुन्न नपाए पनि यस पटक रिपोर्ट नेपालको टिमले हुकिङ गरेर विद्युत चोरी गरी पुल निर्माण कार्यमा लागेको फेला परेको छ ।
बारा जिल्लाको हरपुर भन्ने ठाँउमा बन्नलागेको पक्की पुलमा वल्डीङ विद्युत चोरी गरेर गरिएको पाइएको हो । दुधौरा खोलामा निर्माण भइरहेको झण्डै सय मिटर भन्दा लामो पुलमा लाग्ने फलामको वल्डीङ बाँसको हुकिङ लगाएर विद्युत चोरी गरिएको छ ।
रिपोर्ट नेपालले चोरी गरेको विद्युतको फोटो खिचेपछि काम गरिरहेका कामदारले तत्कालै हुकिङ निकालेका थिए । ठेकेदारको निजि आम्दानीका लागि यसरी विद्युत चोरी गर्दा समेत सम्बन्धीत निकाय र स्थानीय बासी मौन रहनु दुःखको विषय हो । यसरी दिनहाडै विद्युत चोरी गरेर आफ्नो ठेक्काको काम गर्ने कम्पनीलाई सम्बन्धीत निकायले अव के गर्लान हेर्न बाँकी नै छ ।