- कौरव खत्री
गुल्मी, कात्तिक १४ः रुकुमको एक क्लवद्धारा ढोरपाटनका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
श्री हिमालय श्रंखला चौँरी युवा क्लव पुथा उत्तरगंगा गाँउपालिका ११ शेरा बालुवा रुकुम (पूर्व)द्धारा बागलुङ ढोरपाटन नगरपालिका ९ का बाढीपहिरो पीडितहरुलाई नगद सहयोग रकम बिहिवार हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण ढोरपाटन नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा बाढीपहिरो पीडित २२ मृतक घरपरिवारलाई प्रतिघरपरिवार २ हजार, ५सयका दरले र पूर्ण क्षति भएका ७५ घरपरिवारलाई प्रतिघरपरिवार १ हजार, ५ सयका दरले कुल १ लाख, ६७ हजार, ५ सय रकम हस्तान्तरण गरेको श्री हिमालय श्रंखला चौँरी युवा क्लवका बरिष्ठ सल्लाहकार आषिश बुढामगरले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लवका कोषाध्यक्ष सविन बुढामगर, क्लवका सदस्य शैलेश बुढामगर, विशेष सहयोगी पूर्वी रुकुमका आइटिएफका तेकान्दो संस्थापक अध्यक्ष विजय पुनमगर लगायतको सहभागिता रहेको थियो ।
नेपालबाट अमेरिकामा हाल रोजगारीको शिलशिलामा कार्यरत रहेका क्लवका पूर्व सचिवहरु धनकुमार बुढामगर, सुसाङ बुढामगर र क्लवका पूर्व सदस्यहरु धर्म बुढामगर, रतिमान बुढामगरको पहलमा संकलन गरी पठाइएको १ लाख २८ हजार, १ सय ८० रुपैया र अन्य रकम गाँउबाट संकलन गरी कुल १ लाख, ६८ हजार नगद रकम पिडितहरुलाई वितरण गरिएको पूर्वी रुकुमका आइटिएफका तेक्वान्दो संस्थापक अध्यक्ष विजय पुनमगरले जानकारी दिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष हरिबहादुर घर्तिमगरको अध्यक्षतासँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी भिम कुमार विकले गरेका थिए ।