हिन्दु धर्मको नाममा रहेको जग्गा मुस्लिम धर्मको कन्या विद्यालय बनाउनलाग्दा हिन्दु धर्मावलम्बीको आपत्ति

रिपोर्ट नेपाल | 2020 Sep 17 | 08:34 am 3230

  • महेश सिंह

सिरहा, असोज १ः सिरहाको लहान नगरपालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडिको नाममा दर्ता रहेको कित्ता नं. १५२३ ,१५२५ र १५२६ नम्बरको चार काठ्ठा ०५ धुर ०–०५ जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या विद्यालयको निर्माण गर्न लाग्दा कुनै धर्म विशेषको लागि अनुकुल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपी उक्त जग्गामा निर्माण गर्न लाग्दा हिन्दु धर्मावलम्बी संघले घोर आपति जनाएको छ ।

No description available.

उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडिको नाममा करिब पचासौं बर्ष अगाडिदेखि दर्ता भएको जग्गा हो । हिन्दु धर्मावलम्बीहरुले उक्त जग्गामा अबैध रुपले भईरहेको निर्माण रोका गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ, संस्था आन्दोलन संघर्ष समिति गठन गरेको छ।

संघर्ष समितिको सल्लाहकारहरुमा लक्षमण दास महन्थ, राम कुमार शास्त्री, हितराम दास, समितिहरुमा शुशिल चन्द्र अधिकारी, राजेन्द्रप्रसाद यादव, योगेन्द्र प्रसाद यादव, संजिप कुमार ठाकुर, शिबदेब शाह, मनोज पासमान, शिबु यादव, राम स्वरुप महतो, रागनि सिंह, हरेराम मिश्र, राज कुमार यादव लगायतका दर्जनौं ब्यक्तिहरु छन् ।

उक्त जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ, संस्थाको सहमतिमा अगामि दिनमा जग्गाको प्रयोग गर्न गराउन लहान नगरपालिकालाई प्रेस बिज्ञप्ती मार्फद अनुरोध गरेका छन्।

नगर भित्र मठ मन्दिरमा भजन किर्तन समेत बन्द भएको अबस्थामा एउटा एउटा विशेष धर्मको नाममा दिन भरी नै ध्वनि प्रदुषण गर्न लहान नगरपालिकाले छुट दिएको छ ।

No description available.

२०६८ सालमा गौमता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो। घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणासंगै उक्त क्षेत्रमा हिन्दु , मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियो।

लकडाउनको मौका छोपी लहानका मेयर मुनि साहले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन्। मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधी रहेको सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ संस्था आन्दोलन संघर्श समिति लाहानले आरोप लगाएका आन्दोलन संघर्श समितिका संयोजक सुशील चन्द्र अधिकारी जानकारी दिए।

उक्त जग्गा फिर्ता नभए हामी सम्पुर्ण हिन्दु संगठन चरणबद्ध आन्दोलनमा उत्रिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.