हिन्दमहासागर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

| 2019 Sep 02 | 07:42 am 2321

काठमाडौं,  भदाै १६: माल्दिभ्समा आयोजना हुने हिन्दमहासागर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।  मंगलबारदेखि माल्दिभ्सको राजधानी मालेमा दुई दिने सम्मेलन शुरू हुँदै छ।

चौथो सम्मेलनको नारा ‘हिन्दमहासागर क्षेत्रको सुरक्षाः परम्परागत तथा आधुनिक चुनौती’ तय गरिएको छ। सम्मेलनमा विभिन्न ४० देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र अन्य सरोकारवाला अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले भोलि मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने उनका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिए । भ्रमणका क्रममा ज्ञवालीले माल्दिभ्सका समकक्षी अब्दुल्लाह साहिद र अन्य मुलुकका प्रतिनिधिसँग भेटवार्ता गर्ने उनले जनाए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.