नवलपरासी, जेठ २०: आईतबार साँझ चलेको हावाहुरीले उडाएको जस्तापाता लागेर नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीका १० वर्षीया अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए । सथै हावाहुरीले उडाएको जस्तापाताले लागेर अन्य केही स्थानीयबासी समेत घाईते भएका छन् ।
हावाहुरीकै कारण गाउँपालिकाको ६ र ७ नम्बर वडाका करिब ८० घरमा क्षति पुगेको छ । नेपाल–भारत सीमा त्रिवेणी ब्यारेज अनुगमनका लागि स्थापना गरिएको प्रहरी पोष्ट समेत हावाले उडाएको प्रहरीले बताए ।