हावाहुरीमा घाइते भएका ७ जनालाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

रिपोर्ट नेपाल | 2019 Apr 01 | 03:04 pm 736

काठमाडौं, चैत १८ : बारा र पर्सामा आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए ।

उनीहरुकाे उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेकाे छ । सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालकले बताए । सेनाको एक चिकित्सक टोली बारा पठाउन लागिएको समेत उनले बताए ।

आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३५ जनाको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् । उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

१०० भन्दा बढी घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.