काठमाडौं, चैत १८ : बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । प्रदेश नं २ सरकारले हावाहुरी बारा र पर्सामा ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यलया बाराले २६ जनाकाे शनाखत भएकाे जानकारी दिएकाे छ । प्रहरीले सार्वजनिक गरेकाे सूची अनुसार ज्यान गुमाउनेमा ११ जना पुरुष र १० महिला तथा ५ जना बालबालिकासमेत रहेका छन् ।
मृत्यु हुनेमा बाराबाे फेटा गाउापालिकाका ५५ वर्षीय हरिनारायण दास, ४५ वर्षीया, मनोरमा देवी, १२ वर्षीया रबी खातुन, ५० वर्षीया गढिमा देवी, २४ वर्षीया रुनी देवी, उमेर नखुलेकी नन्द पटेल, २५ वर्षीया बबिना खातुन, २५ वर्षीया मीना खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, ११ वर्षीय नोक्सा मियाँ, ३ वर्षीया बालिका अलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीया सम्सिधा खातुन, १८ वर्षीया सबनम खातुनलगायत रहेका छन् ।

