हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

रिपोर्ट नेपाल | 2019 Apr 02 | 04:31 pm 1852

बारा, चैत १९  : बारा र पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच-पाँच लाख दिने घोषणा गरेका छन्।

हाल हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच-पाँच लाख दिने घोषणा गरेका हुन्। मंगलबार बाराको फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच-पाँच लाख दिने बताए ।

परिवारका चारजना सदस्य गुमाएका स्थानीय इजाहार मियाँका एक छोरालाई निःशुल्क पढाइदिने घोषणा समेत उनले  गरे। बालकलाई नेकपाको मुस्लिम भातृ संगठनले निःशुल्क शिक्षाको व्यवस्था गर्नेछ।

प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको प्रतिकृया दिए । राहत वितरण गर्न पुगेका प्रचण्डले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भएकोसमेत प्रष्ट पारे।

उनले आफूहरुले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने प्रतिकृया दिए ।

आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भइसकेको छ। प्रदेश-२ को सरकारले मृतकका परिवारलाई तीन लाख दिने घोषणासमेत गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.