देशभरको मौसममा बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

| 2024 Feb 26 | 07:15 am 701

काठमाडौँ, फागुन १४। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.