हामीमाझ रहेनन् सफल चलचित्र निर्देशक किशाेर राना

रिपोर्ट नेपाल | 2019 Aug 21 | 06:22 pm 2667

काठमाडौं, भदाै ४: नेपाली चलचित्र क्षेत्रका एक सफल निर्देशक किशोर रानाको निधन भएको छ।

उनी लामो समयदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित थिए। उपचारको क्रममा रहेका ६४ वर्षीय निर्देशक रानाकाे बुधबार दिउँसो सवा तीन बजे निदान अस्पताल निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकाे छ।

कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।

भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका  मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । उनको अन्तिम श्रद्धान्जली शुक्रबार गर्ने तयारी भएको बताइएको छ ।

भाइ रञ्जितका अनुसार उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी प्रसिद्ध गायिका संगीता राना प्रधानका श्रीमान हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.