हात्तीको दाह्रासहित ललितपुरबाट एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 24 | 02:26 pm 1528

ललितपुर, माघ १०: हात्तीको दाह्रासहित प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई लगननखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित पक्राउ गरेका हुन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.