हात्तीको आक्रमणले एक महिलाको ज्यान गयाे

| 2018 Sep 17 | 12:57 pm 4322

पर्सा, असोज १ :  विभिन्न ठाँउहरुमा हात्तीका हुल आएर स्थानीय बासीहरुलाई दुःख दिइरहेको अवस्थामा गएराति पर्साको ठोरी गाउँपालिकामा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भएकी विजय बस्तीको खाजा पसलमा काम गर्ने वर्ष २३ की रजिना वाइबाको मृत्यु भएको हो ।

काम धन्दाहरु सकेर पसलबाट कोठातर्फ जाने बेलामा हात्तीको आक्रमणमा परेर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिएका छन् । मृतक महिला वाइबाको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको बताए ।

रातको समयमा पर्सा वन्यजन्तु आरक्षबाट आहाराको खोजीमा ठोरी गाउँपालिकामा आउने हात्तीको आक्रमणमा परी वर्षेनी पाँचजना भन्दा बढीले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.