हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2019 Dec 11 | 01:10 pm 1911

कञ्चनपुर, मंसिर २५: हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मृत्युहुनेमा महाकाली नगरपालिका वडा नम्बर २ की ३८ वर्षीया बसन्ती भट्ट र ४५ र्षीया भुरिदेबी बोहरा रहेकी छिन् ।

त्यस्तै घाइते हुनेहरुमा सोही स्थानकी सरिता ओझा, उमादेबी साउद, ललिता बोहरा र सुनिता बिस्ट रहेकी छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिए ।

महाकाली २ स्थित मायावती सामुदायिक बिहान वनमा घाँस काट्न जाँदा उनीहरुमाथि जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाए ।

मृतक दुबै महिलाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र वहादुर चन्दले बताए ।

तीन वटा समुहमा आएका हात्तीले उनीहरुमाथि एक्कासी आक्रमण गरेको बताइएको छ । महिलाहरुमाथि हात्तीले आक्रमण गरेपछि स्थानीय भेला भएर हात्तीलाई जंगलतर्फ भगाएका थिए ।

घाइतेहरुको पनि महाकाली अंचल अस्पतालमै उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.