हात्तीको आक्रमणबाट दुईको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 28 | 06:55 pm 2108

चितवन, मङ्सिर  १२ : माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.