सिराहा, जेठ ४: जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १० धर्मपुर गैरीटोलमा हात्तीको आक्रमणबाट गए राति एक वृद्धाको मृत्यु भएको छ ।
आक्रमणमा परी मृत्यु हुनेमा स्थानीय ७० वर्षीया बुद्धमाया मगर रहेको प्रहरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गोलबजारले दिएको जानकारी अनुसार छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडि परेको हात्तीले आक्रमण गर्दा मगरको मृत्यु भएको बताए ।
मृतक महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।