हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 20 | 08:58 pm 2273

झापा, पुस ५ः झापामा मंगलवार हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ वर्षीय  जगत बहादुर भुजेल रहेका छन् । उनकाे अपरान्ह ४ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

सामुदायिक वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा आएको जंगली हात्तीले आक्रमण गर्दा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.