हात्तीको आक्रमणबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 17 | 07:01 am 5888

कञ्‍चनपुर, असोज ३०: शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय बलदेव बोहरा रहेका छन् । बोहरालाई बुधबार दिउँसो हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

जंगलको बाटो भएर बाणीतर्फ जाँदै गर्दा हात्तीको आक्रमणबाट बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । केही सातायता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीले खेतबारीमा लगाएको अन्नबालीमा क्षति गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.