हातीदह सिमसार क्षेत्रको वार्षिकोत्सव सम्पन्न

रिपोर्ट नेपाल | 2023 Apr 20 | 11:30 am 2529

  • महेश सिंह

सिरहा, बैशाख ७ः सिरहाको लहान नगरपालिका वडा नम्बर १५ मा अव्यवस्थित रहेको हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको वार्षिकोउत्सव सम्पन्न भएको छ। साथै कोईरालो खोला नमुना सिमसार क्षेत्र उपभोक्ता समितिले आयोजना गरेको ९ कुण्डीय गायत्री महायज्ञ बुधबारबाट सुरु भएको छ।

No description available.

लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले दीप प्रज्वलन र धोवजा रोपन गरी बिशाल गायात्री महायज्ञको उद्घाटन गरेका हुन्।

No description available.

महायज्ञ उद्घाटनमा करिब एक हजार सोभा कलश यात्रा निकालिएका थिए। लहान नगरपालिकाको वडा नम्बर १५ स्थित रहेको शक्ति पिठ राजदेवी पंचावती मन्दिरको परिक्रमा गरी यज्ञ स्थलमा कलश सोपिएका हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रुद्र नारायण चौधरीले बताए।

प्रकृति सम्पदाले भरिपूर्ण रहेको हातीदहमा नेपालका विभिन्न जिल्ला लगायत छिमेकी मुलुक भारतका नागरिकहरु समेत नेपाली भूमिमा रमाउन आउने गरेका वडा अध्यक्ष तेज नारायण चौधरीले बताए।

कोईरालो खोला तथा सिमसार क्षेत्रको रूपमा तत्कालीन चिनीएको हातीदह अहिले हातीदह पर्यटकिय क्षेत्रको रूपमा प्रख्यात रहेका छन्।विभिन्न प्रकारको बन्यजन्तु र पिकनिक रिसोर्ट रहेका दह प्रकृति सौन्दर्यले भरीपूर्ण रहेका हातीदहमा भिजिट र रमाइलो गर्न मानिसहरुको भिड लागने गरिएको अध्यक्ष रुद्र नारायण चौधरीले जनाए।

वार्षिकोत्सबको उपलक्ष्यमा धार्मिक अनुस्ठान गायत्री महायज्ञ ९ कुण्डीय नवाह सुरु भएका छन्। धार्मिक ब्यक्तिहरुद्वारा कथा प्रवचन लगायतका सांकृतिक प्रोग्रामहरु हुने गरेका छन्। लहान नगरपालिकालाई चिनाउन थप नयाँ आयामको रूपमा उदय भएका हातीदह चर्चाको विषय बनेको छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.