हातहतियार तथा विभिन्न सामानसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 23 | 01:48 pm 1873

भोजपुर, असोज ६: भोजपुर नगरपालिका-१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको  छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान,  गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान सहित फेला पारी बिष्टलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.