हाटा कस्ने कर्मचारीलाइ सतर्कता केन्द्रकाे निगरानी

रिपोर्ट नेपाल | 2023 Jun 15 | 02:12 pm 1897

काठमाडौं, जेठ ३२ । निजामती कर्मचारीको नियमन गर्ने संस्था राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीको निगरानी गर्ने भएको छ । कार्यालयमा हाजिर गरेर बाहिर आफूखुशी व्यक्तिगत काममा निस्कने कर्मचारीलाई अंकुश लगाउन केन्द्रले गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण संकलन गर्न थालेको छ।

सिंहदरबार भित्र कार्यालयको समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमा बसेर यस्तो विवरण संकलन गर्न थालेको हो।

केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको आइडी कार्डको विवरण, बाहिर निस्कने काम को प्रवृत्ति र समय टिप्न थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.