हाच्छिउँ रोक्दा ज्यानै जान सक्छ !

रिपोर्ट नेपाल | 2018 Dec 15 | 03:20 pm 2253

काठमाडौं, मंसिर २९ : हाच्छिउँ रोक्ने प्रयास गर्दा ज्‍यानै जान सक्‍ने एक अध्ययनले देखाएको छ। डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्‍न सक्छ।

इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन्- जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ। यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ।

३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन्। त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो। खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो।

जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो।

क्षतिबाट बच्‍न के गर्ने?

ती युवकको एक्स-रे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो।

घाँटीमा सुधार नआउन्जेल ती व्यक्तिले एक सातासम्म नलीको सहयोगबाट खाना खानुपर्योन। अस्पतालमा एक हप्ता बसेर पूर्णरुपमा निको भएपछि उनलाई घर पठाइयो।

उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले बताए, ‘नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ।’

विशेषज्ञहरुले बताए अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ।

सर्वत्र फ्लु फैलिएको बेला पब्लिक हेल्थ इंग्ल्यान्डले खोक्दा वा हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.