हाई हाई जित्नेको गर्ने छ

रिपोर्ट नेपाल | 2023 Sep 01 | 03:03 pm 1761

कविता

हाई हाई जित्नेको गर्ने छ, यहाँ संस्कार
आउंछ जताततै बाट, बधाई दिने को ज्वार

चाहिन्छ प्रतिद्वन्दी, हुदैन जित, एकलै दौडेर
हुदैन औचित्य, छैनन् हार्नेहरू, यदि मैदानमा तैयार

मनमा हुन्छ सबैको, गर्ने विकास संस्थाको, बिचार
चिताउछन् भलो संस्थाको, बने तेसैले उम्मेदवार

समाज हाम्रै, हामी समाज को, चाहे जित होस वा हार
जित पनि हाम्रो, हार पनि हाम्रो, गर्नु पर्छ स्वीकार

गर्नु पर्छ प्रकट, हारेकालाई पनि, तेसैले हार्दिक आभार
बनाउनु पर्छ उर्जाशील सबैलाई, हुनेछ सपना साकार

पाउने छ संस्थाले, तब मात्र विकास, निकास र बिचार
न राखी पुर्वाग्रह, दिनु पर्छ हार्नेलाई पनि मायाको उपहार

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.