हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

रिपोर्ट नेपाल | 2020 Sep 27 | 07:48 pm 2914

काठमाडौं, असोज ११ः आइतबार बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सिसं ८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको भिडियो कन्फरेन्स मार्फत शुभारम्भ गरेका छन् ।

उक्त अवसरमा सम्बोधन गर्दै बलाधिकृत रथी शर्माले यस तालिमले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्नुको साथै जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा ३० जना महासेनानी दर्जाका
शिक्षार्थीहरुको सहभागिता रहेको छ ।

उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो ।

कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै पूर्णरुपमा स्वास्थ्य सम्बन्धि सबै सुरक्षात्मक उपायहरु अपनाउंदै सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिएकोछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.