हाइड्रोपावरमा कार्यारत सिभिल इञ्जिनियर मृत फेला

रिपोर्ट नेपाल | 2020 Aug 14 | 05:20 pm 2411

कास्की, साउन ३०ः हाइड्रोपावरमा कार्यारत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी गाउँपालिका २ क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

मादी गाउँपालिका २ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाजा खान हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.