हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुद्वारा आन्तरिक आपूर्ति रोक्का

रिपोर्ट नेपाल | 2020 Jan 26 | 07:51 am 1499

काठमाडौं, माघ १२: हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले शनिबारदेखि भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन् । प्राविधिक कारण हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्नेसहित ८ बुँदे माग राख्दै उनीहरुले हवाई इन्धनको आपूर्ति ठप्प पारेका हुन् ।

उनीहरुको मागका सम्बन्धमा शुक्रबार नेपाल आयल निगममा वार्ता पनि भएको थियो । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार चालकहरुले विनियमावलीमा ५० लिटरभन्दा बढीको प्राविधिक चुहावट भएमा घटेको इन्धनको दोब्बर क्षतिपूर्ति भराउने व्यवस्था खारेजीको माग गरेका छन् ।

‘८ सय वटा ट्यांकरमा १२–१५ वटा ट्यांकरमा त्यस्तो समस्या छ, त्यस्तो क्यालिब्रेसनमा हुने समस्या हटाउन मर्मत गर्नुपर्छ, उनले भने, चोरी हुँदा गरिने कारवाही गर्ने विद्यमान विनियम नै खारेज गर्न सकिन्न भनेपछि उनीहरु काम रोक्छौं भन्दै वार्ताबाट बाहिरिएका थिए ।

लगतै उनीहरुले आपूर्ति रोकेका छ । उनका अनुसार अरु एक–दुई दिन आपूर्ति ठप्प भए काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको अभाव सुरु हुने संम्भावना देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.