हराएको दुई दिनपछि जंगलमा भेटिइन् २ वर्षीय बालिका

रिपोर्ट नेपाल | 2019 Jul 31 | 05:16 pm 1746

ताप्लेजुङ , साउन १५  :  ताप्लेजुङको सिरिजंघा गाउँपालिका-१ कि २ वर्षीय बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छन् । घरैबाट हराएकी उनलाई सदरमुकाम फुङलिङबाट गएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलिले जंगलमा भेट्टाइ परिवारको जिम्मा लगाएको हो ।

छोरी बेपत्ता भएपछि पीडा सहन नसकि बिष सेवन गरेकी बालिकाकी आमा सरस्वता इवारामको भने धरानको घोपामा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

साउन १२ गते दिउँसो साढे ३ बजे आफ्नै हजुरबुबासँग खेल्दै गरेकी बालिका अचानक हराएकी थिइन् । घरपरिवार र आफन्तले खोजतलास गर्दा नभेटाएपछि सिनाम प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी हवल्दारको नेतृत्वमा सशस्त्र प्रहरी समेत र गाउँलेले रातभर खोजी गरेका थिए । असार १३ गते इलाका प्रहरी कार्यालय तेल्लोकबाट थप जनशक्ति परिचालित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.