हराएका २१ माेटरसाइकल ट्राफिक प्रहरीद्धारा सम्बन्धीत धनीलाई हस्तान्तरण

| 2022 Sep 01 | 04:30 pm 1181

काठमाडाैं, भदाै १६ः विभिन्न मिति तथा समयमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरि
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रका  बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ ।  आज दिउँसो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २ सय २१ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म १ सय १ ओटा सवारी साधन फेला परेका थिए ।

फेला परेका मध्ये श्रावण महिनामा ७३ ओटा र भदौ महिनाको मध्य सम्म १० ओटा सवारी साधन
धनीलाई जिम्मा लगाइसकिएको छ भने आज पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसंगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १ सय ४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ ।

यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुईपाङ्गे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारवाहीको लागि परिसर तथा वृतमा पठाइएको छ । फेला परेका मध्ये धनी सम्पर्कमा नआएका ३ ओटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुई पाङ्ग्रे सवारी साधन हराएको निवेदन दिनु भएका धनीलाई सम्पर्कमा आउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.