काठमाडौं, जेठ २०: उपत्यकाका विभिन्न स्थान र समयमा हराएका १५ वटा मोटरसाइकल र स्कुटर खोजेर ट्राफिक प्रहरीले आइतबार सवारीधनीलार्इ हस्तान्तरण गरेको छ ।
आइतबार बिहान महानगरी ट्राफिक महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले धनीलार्इ मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको कोटेश्वर, तिनकुने, चाबहिल, बुद्धनगर, ललिपुरको धापाखेल, चापागाउँ तथा मानभवन गोठाटारबाट हराएका २० वटा दुर्इ पांग्रे सवारी साधन ट्राफिक प्रहरीले खोजीको क्रममा विभिन्न मितिमा फेला पारेको प्रहरीले जनाएको छ । ती मध्ये तीन जनासँग सम्पकर्क नभएको र दुर्इ जना लिन नआएकोले महाशाखाले जनाएको छ ।
दुर्इ पांग्रे सवारी साधन चोरीमा संलग्न काठमाडौंको शंकरापुर -३ बस्ने २७ वर्षिय सेते तामाङलार्इ लप्सीफेदीबाट र नागार्जुन नगरपालिका बस्ने ४० वर्षिय लक्पा छिरिङ लामालार्इ नयाँबजारबाट नियन्त्रण लिएर आवश्यक कारबाहीका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको छ ।