तनहुँ, मंसिर २५ः बिभिन्न व्यक्तिले बिभिन्न मिति,समय र स्थानमा हराएका मोबाइल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेकाे छ ।
हराएको भनी यस कार्यालयमा पर्न आएका लिखित निबेदनको आधारमा यस कार्यालयबाट खोजतलास गर्दा स्यामसुङ, भिभो, ओप्पो, रेड्मी, रियलमी, पोको लगायत विभिन्न कम्पनीका १० वटा मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरेकाे प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।